काठमाडौं, असार २६ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महाबीर पुनलाई अमेरिकाका दुई नगरमा भब्य सम्मान गरिएको छ । डा. पुनलाई अमेरिकाको ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गर्नुभएको हो ।
गत महिनादेखि अमेरिकाको भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन गत जुलाई ६ का दिन सम्मानित हुनुभएको छ । ओहायो राज्यको चिली कथि शहरका नगर प्रमुख ल्युक एम फिनीले अफिस अफ दि मेयर प्रोक्लामेसन अर्थात् नगर प्रमुखको कार्यालयको घोषणा भनि एक सम्मान पत्र डा पुनलाई हस्तान्तरण गर्नुभएको छ । त्यसैगरि ओहायोको रेनोल्डसबर्ग शहरका नगरप्रमुख जो बेगेनिले समेत अफिस अफ दि रोकोग्निसन ओफ महाबीर पुन भनि सम्मान पत्र हस्तान्तरण जुलाई ६ का दिन गर्नुभएको हो । पुन हाल अमेरिकाको विभिन्न राज्यहरूमा भ्रमण गर्दै नेपाली समुदायसँग अन्तरक्रिया र भेटघाट कार्यक्रममा व्यस्त रहेको समयमा उहाँलाई ओहायोका दुई शहरका नगर प्रमुखले बोलाएर सम्मान गर्नुभएको हो । अमेरिकामा अत्यधिक नेपाली समुदायसँग गरिएको अन्तरक्रिया र भेटघाट कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई ठूलो आर्थिक सहयोग प्राप्त भएको छ । सबै नेपालीले सक्दो सहयोग गरि रहेका छन् ।
आर्थिक सहयोग मात्र नभई केन्द्रलाई आफूले विदेशमा आर्जन गरेको शिप र ज्ञान पनि सहयोग गर्ने वचनबद्धता र प्रतिबद्धता जाहेर गर्नुभएको छ । डा. पुनले सुरु देखि नै आर्थिक सहयोगको लागि मात्र नआएको भनि पटक पटक स्पष्ट पार्नु भएको छ । नेपाली समुदायले पुनको कुरा सुने पछि स्वतः स्फूर्त रुपमा सहयोग गर्नेको ताँती लागेको हो। आफै राष्ट्रिय आविष्कार केन्द्रलाई निरन्तर रुपमा सहयोग गर्ने सबैले बचन दिएका छन् । अमेरिकाको भ्रमणको लागि सामाजिक अभियन्ता सन्तोष सापकोटाले डा. पुनलाई अमेरिकाको भ्रमणमा ल्याउन संयोजन गर्नुभएको हो । हाल सम्म ६.५ करोड पर्ने ५५ वटा वायु प्रवाहक (भेन्टीलेटर) सहित अन्य आर्थिक संकलन गर्दै करिब १० करोडको सहयोग नेपाल भित्रिने अनुमान गरिएको छ। डा. पुनले नेपालका लागि गरेको योगदान स्वरुप उनलाई सम्मान गरिएको हो । नेपालको विकासको लागि र आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्ने उद्देश्य सहित स्थापित राष्ट्रिय आविष्कार केन्द्र मार्फत थुप्रै सामाजिक कार्यहरू गरि सकेको छ ।
प्रतिक्रिया दिनुहोस्