जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार १०:३४

विरोधमा सहभागी योगेश्वर अमात्यले जब प्रहरीलाई फुल दिए


काठमाडौं । सरकारले ल्याएको गुठि विधेयकका विषयमा उपत्यकाका सरोकारवालाहरु अहिले विरोध गरिरहेका छन् । गएको आइतवार माइतिघर मण्डलामा गरिएको प्रर्दशनका क्रममा प्रहरीसँग झडप समेत भयो । सो झडपले संसदमा समेत चर्चा पायो ।

आन्दोलन भनेपछि जहिले पनि प्रर्दशनकारी र प्रहरीविच अलिक तित्ततापूर्ण व्यवहार हुने गरेको छ । कतिपय अवस्थामा त दोहोरो झडप नै हुनेपनि गरेको छ । तर, विहिवार ललितपुरको पाटनमा एक अचम्मको दृश्य देखियो । पाटनवासीले गुठी विधेयकको विरोधमा बिहीबार साँझ प्रदर्शन गरेका थिए । विरोध जुलुस पाटन दरबार क्षेत्रबाट सुनधारा पुगेर पुनः दरबारमा पुगी सभामा परिणत भएको थियो ।

सो प्रर्दशनमा गायक योगेश्वर अमात्य पनि सहभागी हुनुभएको थियो । उहाले हातभरी फुल लिएर विरोध प्रर्दशनमा सहभागी हुनुभएको थियो । अमात्यले जब त्यहा रहेका प्रहरीलाई एक एक गरेर फुल दिनुभयो । सो सम्मान देखेर प्रहरी पनि चकित भएका थिए ।