जनता टाइम्स

२८ असार २०७८, सोमबार १०:५५

अमेरिकाले पठाएको एक डोज लगाए पुग्ने कोरोना खोप नेपाल आइपुग्यो


काठमाडौं, असार २८ । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज आज बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गर्नुभयो । यो खोप एक डोज लगाए पुग्ने चिकित्सकको भनाई छ ।