जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार १६:०९

भन्सार छलेको सामान छाडन बार्गेनिङ गर्दा समातिए प्रहरी हवल्दार


सिरहा, जेठ ३१

सिरहा नगरपालिका ७ स्थित ट्राफिक चौकबाट भन्सार छलेर ल्याएको सामान छुटाइदिने भन्दै बार्गेनिङ गरिरहेको अवस्थामा प्रहरी हवल्दारसहित तीन जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा डिउटीमा खटिएका प्रहरी हवल्दार अशोककुमार यादव, गोलबजार नगरपालिका ४ की रंजीता साह र विष्णपुर गाउँपालिका ३ का शिवशंकर साह रहेका छन । भारतीय बजार जयनगरबाट भन्सार छली गरी सामान ल्याइरहेका गोलबजार नगरपालिका ४ की रंजीता र विष्णपुर गाउँपालिका ३ का शिवशंकरसँग बार्गेनिङ भइरहेको बेला तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ज१ज ४०२ नम्बरको म्याजिक गाडीमा ३२ सय रुपैयाँ बराबरको साइकलका पार्ट्स लिएर साहद्वय भारतीय बजारबाट आइरहेको थिए । गाडीलाई रोकेर चेकजाँचको क्रममा प्रहरी हबलदार यादवले भन्सार छलेर सामान ल्याएको भन्दै गाडी चालक शिवशंकरसँग सय/पचास रुपैयाँ दिए मात्रै सामान छाड्ने भन्दै बार्गेनिङ गरिरहेको समयममा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहका प्रहरी नायव उपरीक्षक (डीएसपी) अपिलराज बोहराका अनुसार पक्राउ परेका तीनमध्ये सामानसहित रंजितालाई भन्सार कार्यालय माडरमा बुझाइएको छ । यस्तै प्रहरी हबल्दार यादवलाई आन्तरिक कारवाही अगाडी बढाइएको बोहोराले जानकारी दिनुभयो । गाडी चालक शिवशंकरलाई जिल्ला प्रशासन कार्यालयबाट पैसा लेनदेनमा बार्गेनिङ गरेको भन्दै सार्वजनिक अपराध मुद्दामा ४ दिनको म्याद थप गरी कारवाही चलाइएको छ ।