जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार १०:५८

एनआरएनमा तयार हुँदै ‘टिम कुल’ : यस्तो छ तयारी


काठमाडौं, साउन ८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशनको मिति तोकिएसँगै चुनावी सरगर्मी पनि शुरु भएको छ । अधिकांश राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमा अधिवेशन चलिरहँदा अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को नेतृत्वका लागि आन्तरिक रुपमा आकांक्षीहरुले तयारी थालेका छन् ।

आइसीसीको दशौं साधारणसभा तथा विश्व सम्मेलन आगामी अक्टोबर २३–२५ मा हुंदैछ । आइसीसीले दशौं साधारणसभाका लागि अध्यक्ष कुमार पन्तको नेतृत्वमा आयोजक समितिगठन गरेको छ । विश्व सम्मेलन नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरुले आन्तरिक रुपमा ‘लविङ’ थालेका छन् । नवौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले दशौं विश्व सम्मेलनमा पनि अध्यक्ष पदमै उम्मेदवार दिने निश्चित छ । आचार्यसँग वर्तमान कार्य समितिकाकेही पदाधिकारीहरुले नै प्रतिस्पर्धा गर्ने संभावना देखिएको छ । एनआरएनको विधानमा प्यानल बनाएर चुनावमा सहभागीहुन नपाइने प्रावधान छ ।

तर,नेतृत्वसहित मुख्य पदाधिकारीहरुमा टिम नै बनाएर प्रतिस्पर्धा गर्ने चलन भने कायमै रहेको छ ।नवौं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिएका डा. केशव पौडेलले यस पटक महासचिवमा उम्मेदवारी दिने तयारी गर्नूभएको छ । एनसीसी अमेरिकाको दुई पटक नेतृत्व गर्नुभएका पौडेलले यस पटक आचार्यको टिमबाट महासचिवमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो उम्मेदवारीको प्रचार प्रसारसमेत थालीसक्नुभएको छ । उहाँसन् २०१३ देखि एनआरएन अभियानमा सक्रिय हुनुहुन्छ ।

अघिल्लो महाधिवेशनमा नै महासचिवका आकांक्षी पौडलले टिम व्यवस्थापनका कारण उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । तर,यस पटक भने महासचिवमा नै उम्मेदवारी दिने र त्यसका लागि टिम भित्रै सहमति खोजिसकेको उहाँले बताउनुभयो । संघका पूर्व अध्यक्ष शेष घलेको निर्देशनमा तयार पारिएको एनआरएनएस्भिजन २०२० एण्ड बियोंडुदस्तावेजलाई कार्यान्वयनमा लैजानुपर्ने बताउने पौडेल एनआरएनका मुद्दाका बारेमा पनि जानकार मानिनुहुन्छ । ‘गैरआवासीय नेपाली नागरिकता र अन्य हक–अधिकारको बिषय नेपालको संविधानमैलेखिएको भएपनि कार्यान्वयनमा जान सकेको छैन,’उहाँ भन्नुह्न्छ –मध्यपूर्वमा श्रमिकका समस्या छन्,जापान र अष्ट्रेलियामा विद्यार्थीका समस्या छन्,हामी सधैं समस्या मात्रै छन् भनेर बसेका छौं,समाधानका लागि पहल गर्न सकेका छैनौं। डा. पौडेलको बुझाइमा यूरोप र अफ्रिकाका संभावनाका बारेमा अझै ध्यान पुगेको छैन । लगानी भित्र्याउन कुरा मात्रै गरेर नहुने भन्दै उहाँ भन्नुहुन्छ , हामीले कुरा मात्रै गरिरह्यौं,सम्भावना र चुनौतीका बारेमा ध्यान दिएनौं ।

पारदर्शिताको अभाव

महासचिवमा उम्मेदवारी दिने तयारी गरिरहेका पौडेल आइसीसीको कार्यशैलीमा पनि परिवर्तन गर्नु जरुरी रहेको बताउनुहुन्छ । थुप्रै विषयमा पारदर्शिताको खाँचो छ, उहाँ भन्नुहु्न्छ ,व्यवहारलाई पारदर्शी बनाउन सकियो भने धेरैसमस्या आफै समाधान हुन्छन् ।

‘संघमा संचार र अन्य थुप्रै विषय पारदर्शी छैन। नेतृत्वविकास,एनसीसीहरुको विवादलाई न्यूनीकरण,सहजीकरण भन्दा रोक्ने,विभेद गर्ने र विवाद बढाउने जस्ता काम धेरै भएका छन्। संघमा सँस्थागत विकासका लागि गर्नुपर्ने दर्जनौं काम बाँकी छन्,’पौडेलले औंल्याउनुभयो । नेतृत्वमा रहेका पदाधिकारीहरुले मात्रैहोइन,संघका पञ्जीकृत सदस्यदेखि आम प्रवासी नेपालीहरुले महशुस गर्दै आइरहेका यी र यस्तैसमस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहने उहाँले बताउनुभयो । एनआरएन भन्नासाथ सबैले गर्व गर्नसक्ने वातावरण निर्माण गर्नु अहिलेको मुख्य चुनौती रहेको उहाँको बुझाइ छ ।एनआरएनएका सबै शाखाहरुमा ३१ जुलाई भित्रचुनाव गरि सक्नु पर्ने छ भने आउंदो अक्टोबर महिना भित्र संघको केन्द्रिय नेतृत्वको चयन गरिने छ। आफु निर्वाचित भएमा कसैलाई काखा,कसैलाई पाखा नगरी सबै एनआरएनहरु अटाउने साझा संस्था बनाउन काम गर्ने पनि डा. पौडेलले बताउनुभयो ।