जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार २१:५२

चिया पसलमा कोरोना खोप लगाउने कांग्रेस नेता पक्राउ


काठमाडौं, ८ साउन । अनाधिकृत रुपमा चिया पसलमा कोरोनाविरुद्धको खोप लगाउने नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन् । अनाधिकृत रुपमा पसलमा कोरोना खोप लगाउन लाउने अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङ्लाका कांग्रेसका नेता चोपनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले बिहीबार दिउँसो फेसबुकमार्फत दुईवटा तस्वीर सार्वजनिक गरेका थिए । फेसबुकमा भनिएको थियो, ‘नेपाली कांग्रेसले सत्ता सञ्चालन गरेलगत्तै कोरोना भाइरसविरुद्धको खोप जनताका घरदैलोमा नै उपलब्ध, चैत मसान्तसम्म सम्पूर्ण देशबासीले खोप लगाइ सकिने छ ।’ उनले दुई तस्वीरसँगै यस्तो स्टाटस पोष्ट गरेपछि भाइरल भयो ।

चौतर्फी आलोचना भयो । त्यसपछि उनीसहित कोरोना खोप लगाइदिने दीपक श्रेष्ठलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार अर्घाखाँची वाङ्लाको सन्देश नेवारी खाजाघर भित्र महिलालाई कोरोना खोप लगाइएको थियो। तस्वीरमा एक महिलालाई खोप लगाउँदै गरेको देखिन्छ भने टेबलमाथि आठ वटा भाइल तथा सिरिन्ज देखिन्छ।

तर, उक्त तस्वीर अहिले हटाएका छन्, चोपनारायण श्रेष्ठले । प्रहरीले अनुसन्धानका क्रममा श्रेष्ठले उक्त गैरकानुनी रुपले ल्याएर प्रचारका नाममा खोप लगाएको पाइएको छ ।

अनुसन्धानका क्रममा चोपनारायण श्रेष्ठले आफ्ना घरका सदस्यहरूले उक्त खोप लगाइदिएको बताएका छन् । श्रेष्ठले उक्त अमेरिकाको जोन्सन एण्ड जोन्सन वाला बताएका छन् ।

जुन खोप एक डोजमात्रै लगाए पुग्नछ । तर, टेबलमा देखिएका खोपका भाइल जोन्सन खोपसँग नमिलेको बताइएको छ । उक्त खोप जोन्सन खोप नभई भारतबाट अनाधिकृत रूपमा ल्याएर लगाएको हुनसक्ने शंका गरिएको बताइएको छ ।हाल श्रेष्ठमाथि अनुसन्धान जारी रहेको छ ।