जनता टाइम्स

११ श्रावण २०७८, सोमबार २०:२६

एनआरएनए मकाउको अध्यक्षमा प्रसाईं विजयी


काठमाडौं, साउन ११ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउको सातौं अधिवेशन निर्वाचन समितिले सन २०२१ देखि २०२३सम्मकालागि अध्यक्ष पदमा राजेस प्रसाईंलाई निर्बिरोध चयन हुनुभएको छ ।उहाँको प्रत्यासी उम्मेदवार निर्मला थापामगरको विरुद्धमा परेको उजुरीमाथी उहाँले प्रयाप्त प्रमाण दिन नसक्दा प्रसाईं निर्बिरोध विजयी हुनुभएको हो ।

यस्तै प्रथम उपाध्यक्षमा बिजयराज अर्याल ,द्वितीय उपाध्यक्षमा भिमसेन श्रेष्ठ ,महासचिवमा उत्तम गुरुङ ,सचीवमा शिव थापा,कोषाध्यक्षमा निरन्जन खडका,सहकोषाध्यक्षमा दिपक तामाङ ,युवा संयोजकमा अमृत गुरुङ ,महिला संयोजकमा कुमारी गुरुङ विजयी हुनुभएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको निर्वाचन ,प्रमुख निर्वाचन आयुक्त विवेक जोशी ,सदस्यहरु बाबा भाइ र चिरञ्जीवी पौड्याल रहेको निर्वाचन समितिले आइ सी सी प्रतिनिधि मंगल बहादुर राई र शान्तिदेवी अधिकारीको उपस्तिथिमा निर्वाचन गरिएको जानकारी अन्तर्राष्ट्रिय समन्वय परिषद ,एसिया प्रान्तिय संयोजक र उपसंयोजकमार्फत जानकारी गराएको छ।