जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार १४:४४

टोकियो ओलम्पिक : जापानलाई उछिन्दै अमेरिका


काठमाडौं, साउन १२

जापानको राजधानी टोकियोमा जारि ‘टोकियो ओलम्पिक’ मा आज बिहानसम्म ५६ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित २४ राष्ट्रले स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकको पाँचौ दिन अमेरिकाले पदक तालिकामा अग्रता बनाएको छ । आयोजक जापानलाई उछिन्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । अमेरिकाले ८ स्वर्णसहित कुल १९ पदक जितेको छ ।

सोमबारसम्म शीर्ष स्थानमा रहेको जापानले ८ स्वर्णसहित कुल १३ पदक जितेको छ । यस्तै चीनले ७ स्वर्णसहित कुल १९ पदक जितेर तेस्रो स्थानमा रहेको छ । रसियन ओलम्पिक टिम ५ स्वर्णसहित कुल १५ पदक जितेर चौंथो स्थानमा रहदा ग्रेट ब्रिटेन ४ स्वर्णसहित कुल १० पदक जितेर पाँचौं स्थानमा रहेको छ । यस्तै अष्ट्रेलिया र दक्षिण कोरियाले ३÷३ स्वर्ण जित्दा कोसोभोले २ स्वर्ण पदक जितेको छ । एजेन्सी