जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार १९:१७

हंगेरी सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं, साउन १३

हंगेरी सरकारले नेपाललाई कोभिडसम्बन्धि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आज हंगेरीका राजदुत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामाग्रीले नेपालमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सहयोगीसिद्ध हुने अपेक्षा राखेका छौं ।’