जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार ०८:१३

मध्यराती लखेटिए विराटनगरका मेयर भीम पराजुली


मोरङ, साउन १४ । विराटनगरका मेयर भीम पराजुली आफ्नै मतदाताबाट लखेटिनुभएको छ । कांग्रेस कार्यकर्तालाई मात्रै जम्मा गरेर खोप लगाउन थालेपछि बुधवार मध्यराती मेयर पराजुली लखेटिनु भएको हो ।

बुधबार मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिनुभएको हो । मेयर पराजुली बुधबार राती करिब ९ बजे खोपसहित विराटनगर ५ निवासी कांग्रेस बुथ समितिका सभापति विमल राज भण्डारीको घरमा पुगेर खोप लगाएको थाहा पाएपछि स्थानीयवासी विरोधमा उत्रिएका थिए ।

आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपातसमेत गरेका छन ।