जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार १८:०२

प्रधानमन्त्रीको नाम लिँदै कांग्रेसी वडाध्यक्षले लुटे कोरोना खोप


भद्रपुर, साउन १४ । नेपाली कांग्रेसबाट चुनाव जित्नुभएको भद्रपुर वडा नम्बर ५ र ८ का वडा अध्यक्षको नेतृत्वमा आएको एक समूहले आज जिल्ला स्वास्थ्य कार्यालयबाट ४०० डोज भ्याक्सिन लुटेर लगेका छन् । भद्रपुर वडा नम्बर ५ का वडा अध्यक्ष बन्धु कार्की र वडा नम्बर ८ का वडा अध्यक्ष मनोज सुब्बाको नेतृत्वमा आएको एकसयभन्दा बढीको समूहले ४०० डोज खोप लुटेर लगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अध्यक्ष मनोज सुब्बा

कनकाई नगरपालिका र झापा गाउँ पालिकाको लागि छुट्ट्याई राखेको खोपबाट उक्त खोप लगेको स्वास्थ्य कार्यालयका अधिकृत शशी भट्टराईले जानकारी दिनुभयो । सरकारले ५५ वर्षमाथिका उमेरसमूहका लागि खोप लगाउने कार्यक्रमबमोजिम सबै पालिका तहमा खोप जनसंख्याको आधारमा वितरण गरिएको थियो । तर, भद्रपुरका् वडा नम्बर ५ र ८ मा ३५ वर्षभन्दा माथिका सबैलाई लाइन लगाएर खोप लगाइएको कारण उमेर समूहका मानिसहरुले खोप लगाउन पाएका थिएनन् ।

वडा अध्यक्ष बन्धु कार्की

शिवसताक्षी नगरपालिकाले लैजान ठीक्क पारेको खोप पनि लुटेरा समूहले लुट्ने भयका कारण कार्यालयले लुटेरा समूह हिडेपछि खोप लिएको कार्यालयले जनाएको छ । लुटेरा समूहमा आएका युवाहरुले हाम्रै प्रधानमन्त्री भएका बेला हामीलाई नै खोप खटाएर दिने ? हेरौं कस–कसले के गर्दा रहेछन् बाहिरबाट थकाउँदै गरेको एक प्रत्यक्षदर्शीले बताए ।