जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार १८:२८

एनआरएनए जापानको अध्यक्षमा पौडेल निर्वाचित (मत परिणामसहित)



काठमाडौं, साउन १५। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आज शुक्रवार सम्पन्न निर्वाचनले शिवप्रसाद पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ । नयाँ कार्यसमिति २०२१–२३ का लागि आज सम्पन्न निर्वाचनमा कुल २९ पदका लागि ५९ जनाले उम्मेदवारी दिएका थिए । अध्यक्ष पदमा मात्र पाँच जनाले दावी प्रस्तुत गरेकामा शिवप्रसाद पौडेल भारी मतले निर्वाचित हुनुभएको छ । पौडेलसंगै अध्यक्ष पदमा अनिता गुरूङ, नरेन्द्र बस्नेत दिनेश, सरोजकुमार खत्री र किरण बर्मा प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।