जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार २०:११

एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सह–सचिवमा जोशीको उम्मेदवारी


काठमाडौं, साउन १५ । प्रत्येक काम जुनमा युवाको संलग्नता हुन्छ त्यो सफल हुन्छ । राजनितिमा युवाको संलग्नताले नै भोलिको दिनमा उज्यालो ल्याउने गर्छ। यस्तै उज्यालो ल्याउनको निम्ति एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सह–सचिवको पदका लागि राकेश जोशीले उम्मेदवारी दिनुभएको छ । आउदो शनिबार (३१ जुलाइ) मा हुन गई रहेको चुनाव कोभिड–१९ को बढ्दो प्रकोपले गर्दा अनलाईन मार्फत हुने भएको छ ।

समाजसेवी जोशी विभिन्न सामाजिक काममा सक्रिय हुनुहुन्छ । सन् २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आउनुभएको उहाँले भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी, पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदायमा सहयोग गर्दै आउनुभएको छ । उहाँले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यहाँ मानसिक स्वास्थ्य र शैक्षिक प्रश्नहरूको लागि समर्थनसमेत गर्दै आउनुभएको छ ।

उहाँका इभेन्टहरूमा स्थानीय एमपीको संलग्नता देखिन्छ, जसले अस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्ध बलियो बनाउन मद्दत पुर्याउँछ । युवा उद्यमशीलतामा पदोन्नति, अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रर्वद्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुबैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले त्यहाँ भएका नेपाली समुदायहरुको ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्याउन राम्रो मार्गदर्शन प्रदान गर्ने, नयाँ पुस्तालाई नेपाली संस्कृतिहरूको साथ सामाजिक घटनाहरू आयोजना गरेर कनेक्ट गराउने, अष्ट्रेलियामा योगदान प्रदर्शन गर्न सामाजिक संगठनको साथ काम जोशीले आफ्नो कार्यकालको अवधिमा पूरा गर्नेसमेत प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले भन्नुभयो,‘ साझा एनएनआरएनए वास्तबमै हामी सबैको साझा अभियान हो र ‘सबल एनआरएनए’ को प्रमुख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदायका सबैलाई अपनत्व प्रदान गर्ने हो । यसका लागि सबै मिलेर काम गर्न प्रतिबद्व छौं । एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने मेरो उत्कर्ष चाहनालाई साकार पार्न हजूरहरू सबैको सल्लाह, सद्भाव र अमूल्य मतको अपेक्षा गरेको छु ।’