जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १६:१२

प्रा.डा. जागेश्वर गौतमसहित तीन स्वास्थ्य अधिकारीको सरुवा


काठमाडौं, साउन १८ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरको प्रमुख प्रशासकीय अधिकारी प्रा.डा.जागेश्वर गौतमको सरुवा भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीस्तरीय निर्णय गरि उहाँलाई थापाथलीस्थित प्रसुती अस्पताल सरुवा गरिएको हो ।

गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो । उहाँको ठाउँमा डा. रुद्र मरासिनीलाई लगिएको छ । त्यस्तै मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा विवेकलाल कर्णलाई ल्याइएको छ । कर्णको ठाउँ सार्क क्षयरोग केन्द्रमा भने फाजिलमा रहनुभएको रिता भण्डारी जोशीलाई पठाइएको छ ।