न्यूयोर्क, साउन २९ । गैरआवासीय नेपाली संघ अमेरिकाले अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा प्रतिनिधि पठाउने विषयमा चलखेल गरिएको छ ।
अमेरिकाका सदस्यहरुबाट निर्वाचन गरी छान्नु पर्ने ४७ जना प्रतिनिधिहरुका लागि उम्मेद्वार सार्वजानिकरुपमा आह्वान गर्नुपर्नेमा गुपचुपरुपमा आ–आफ्ना मान्छेलाई उम्मेद्वार बनाई मतदानका लागि मात्र सूचना प्रकाशित गरिएको छ । त्यो पनि जुलाई ४ मा न्यूयोर्कमा सम्पन्न साधारणसभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेको पुरानो निर्वाचन समितिमार्फत यस्तो सूचना प्रकाशित भएको हो ।

वार्षिक साधारणसभामामा तत्कालीन अध्यक्ष सुनील साहले निर्वाचन समितिविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको विवरण हलभित्र पढेर सुनाउनुभएको थियो तर, त्यसबारे के निर्णय भयो भन्नेबारे भने साधारणसदस्यहरुलाई कुनै जानकारी पाउन सकेनन् ।
।

अमेरिकाबाट ६५ प्रतिशत पुरानो कार्यसमितिले छनौट गर्नु पर्ने संख्यामा बाहेक अन्य ३५ प्रतिसतमध्ये १० प्रतिशत निर्वाचित कार्यसमितिले छान्ने र बांकी २५ प्रतिशतले हुने ४७ जनाको निर्वाचनबारे चलखेल भएको हो । खास गरी डेलिगेट्को २५ प्रतिशत संख्या २०,००० सदस्यमध्ये बाट चुनावबाट छानिनु पर्नेमा बिगठित भैसकेको , अबिस्वासको मत दायर भैसकेको निर्वाचन समितिले अगस्ट ११ मा सूचना जारी गर्दै अगस्ट १३ मा चुनाव हुँदैछ भनेर सूचना सार्वजानिक गरेको छ ।

डेलिगेट छनौटको लागि उम्मेद्वारीको लागि कहिले आह्वान गरियो, कति जना, कति प्रतिशत , कस्ले , कहिले गर्ने भन्ने कुरा एन सी सी भित्र केही छल्फल नै भएको छैन । एनआरएनए अमेरिकाका उपाध्यक्ष विकास उप्रेतीले संचारकर्मीसंग भन्नुभयो , ‘यसको बारेमा कुनै छलफल भएको छैन ।’ निर्वाचन समितिका एक सदस्यका अनुसार, २५ प्रतिशतमा पनि जम्मा १८ जनाका लागिमात्र चुनाव गर्ने गरी प्रक्रिया अघि बढाइएको छ र त्यो पनि सर्वसाधारणलाई उम्मेद्वार हुन पाउने सूचनासमेत दिइएको छैन ।
यसअघि एटर्नी वासु फुलारालाई निमित्त निर्वाचन प्रमुख बनाएर १८ जनाका लागि उम्मेद्वारी माग गरिएको थियो र सो प्रक्रियालाई गैरकानूनी भन्दै आईसीसीले नै तत्काल निर्वाचनको काम रोक्न निर्देशन दिएको थियो । त्यतिबेलाकै उम्मेद्वारको सूचिलाई अहिलेका लागि कायम गरेर चुनाव गर्ने सूचना जारी गरिएको छ । साधारण सदस्यहरुलाई उम्मेद्वार हुने मौका दिएरमात्रै चुनाव हुनुपर्नेमा त्यसो नगरी उतिबेलै रद्ध भइसकेको उम्मेद्वारलाई नै कायम राखेर अरुलाई मौकासमेत नदिई नयां निर्वाचन गराउने सूचना निकाल्नुले एनआरएनए अमेरिकाको गुटगत षड्यन्त्र छताछुल्ल भएको हो । ४७ जनाको चुनाव हुनुपर्ने कानुनी व्यबस्था भएपनि २९ जना च्याप्टर अध्यक्षलाई मनोनयन गर्ने आफूखुसी निर्णय गरिएको छ ।
साधारण सदस्यले उम्मेद्वार हुन नपाउने हो भने कस्का लागि अमेरिकाको एनआरएनए बनाइएको हो ? भन्ने प्रश्न उठेको छ । के यो नेपाली कांग्रेसका विभिन्न गुटका राजनीति गर्नेहरुमध्ये अमेरिकामा हावी भएको एउटा गुटका लागिमात्र बनाइएको संगठन हो ? जवाफ कस्ले दिने ? एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीले भन्नुभयो आईसीसीले निर्वाचनको काम शुरु गर्न पत्र पठाएपछि यसबारे काम अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आईसीसीका अध्यक्षले रोकिएको प्रक्रिया फुकुवा गर्न महासचिवलाई निर्देशन दिएको र महासचिवले पत्र लेखेर निर्वाचन गराउन भनेपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । यसबारे अमेरिकाको कार्यसमितिमा समेत इमेलमार्फत सबैसंग राय माग गरिएको छ । कसैले विरोध गर्नुभएको छैन त्यसैले सर्वसम्मत निर्णय गरेर निर्वाचन आयोगलाई प्रक्रिया अघि बढाउन भनिएको छ ।’
आसीसी महासचिव हेमराज शर्माको पत्रमा २५ प्रतिशत डेलिगेटको निर्वाचन गराउन भनिएको छ । यसमा २९ जना च्याप्टर अध्यक्षलाई विनानिर्वाचन छान्न र बांकी १८ जनाको मात्र निर्वाचन गराउन भनिएको छैन । पत्रमा ४७ जनाको निर्वाचन पंजिकृत सदस्यहरुबाट प्रत्यक्ष निर्वाचन गरी पठाउन भनिएको छ । पत्रमा अन्य प्रक्रियाबाट छनौट भएका प्रतिनिधिहरु मान्य नहुने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्