जनता टाइम्स

२९ श्रावण २०७८, शुक्रबार १६:५४

टिचिङको मुसा, उडुस, उपियाँ मार्न टेन्डर आह्वान


काठमाडौं, साउन २९ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले मुसा, उडुस, उपियाँ र साङ्ला आदि नियन्त्रणको लागि टेण्डर आह्वान गरेको छ। अस्पतालले आज एक सुचना निकाल्दै मुसा, उडुस, साङला अदि नियन्त्रण गर्नका लागि १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको हो ।

अस्पतालको विभिन्न शाखा, विभाग, वार्ड, ओपिडी युनिट लगायतका परिसरभित्र मुसा, उडुस, आदि नियन्त्रण गर्नु परेकाले टेण्डर आह्वान गर्नुपरेको प्रशासनले जनाएको छ।