काठमाडौं, साउन ३१ । भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दुतावासले आजादी वा अमृत महोत्सवको रुपमा मनाएको छ । भारतीय दुतावासका अनुसार आजादीका अमृत महोत्सव प्रगतिशील भारतको ७५ बर्ष र मानव प्रयाशको सवै क्षेत्रहरुमा भारतीयहरुद्वारा प्राप्त उपलब्धीलाई सम्झिने भारत सरकारको पहल कदमी हो ।
भारतीय दुतावासले जनाएअनुसार राजदुत बिनयमोहन क्वात्राले आज आयोजित बिशेष समारोहमा राष्ट्रिय झण्डा फहराई उत्सवको सुरुवाग गर्नुभएको थियो । त्यस अवसरमा उहाँले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाउनु भयो । राष्ट्रपतिको सन्देशमा बिगत ७५ बर्षहरुमा बिभिन्न क्षेत्रहरुमा भएको प्रगतिलाई प्रकाश पारिएको थियो भने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
सो अवसरमा राजदुत क्वात्राले बिधवाहरु र भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरुका आफन्तहरुलाई ४ करोड ४५ लाख रुपैयाँ र प्रत्येक परिवारलाई कम्बल बितरण गर्नुभएको दुतावासले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्