काठमाडौं, भदौ २ । नेपालमा आज ३४ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले १६ हजार ८३८ जनाको परीक्षण भएकोमा ३४ सय ३ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले सोही अवधिमा २१ सय ४ जना संक्रमणमुक्त हुनुका साथै ४२ जनाको मृत्यु भएको बताउनुभयो ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ९९३ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जनालाई संक्रमण पुष्टि भएको छ । हाल नेपालमा ४० हजार ३३८ जना सक्रिय संक्रमित छन् जसमध्ये ७७० जना आइसियु र १८६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
डा. पौडेलले अझै पनि नेपालमा संक्रमणदर २० प्रतिशतभन्दा माथिनै रहेको भन्दै सामान्य लक्षण देखिनासाथ परीक्षण गर्न अपिल गर्नुभएको छ । हालसम्म नेपालमा ८ लाख १७ हजार ५३० जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये ९२ प्रतिशत अर्थात् ६ लाख ८९ हजार १७३ जना निको भएका छन् भने १० हजार ३९६ जनाको मृत्यु भएको छ ।













प्रतिक्रिया दिनुहोस्