काठमाडौं, भदौ ४ । चर्चित गायन रियालिटी शो नेपाल आइडलका ३ नै जना निर्णायक परिवर्तन हुनुभएको छ । नेपाल आइडलले चौथो संस्करणमा निर्णायकहरु परिवर्तन गरेको हो ।

आज आयोजकले शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानलाई निर्णायक घोषणा गरेको हो ।

यसअघि तिन सिजन सम्पन्न भइसकेको फ्रेन्चाइजमा न्यू बज्रचार्य, इन्दिरा जोशि र कालिप्रसाद बाँस्कोटा निर्णायक रहेका थिए । आयोजकले भदौ १ गतेदेखि सिजन ४ को डिजिटल अडिशन सुरु गरिसकेको छ ।












प्रतिक्रिया दिनुहोस्