जनता टाइम्स

२ असार २०७६, सोमबार १९:२३

जिप दुर्घटनाका ९ जना मृतकको सनाखत


बझाङ ।

बझाङमा जिप दुर्घटना हुँदा मृत्यु हुने नौ जनाको सनाखत भएको छ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जिप वडा नं १ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उनका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीले जानकारी दिनुभयो ।

घटनास्थलमा खटिएका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने काम भइरहेको छ । मौसम खराब भएकाले हेलिकोप्टर उड्न नसकेको बताइएको छ ।