जनता टाइम्स

३ असार २०७६, मंगलवार ०९:५६

काठमाडौं समता अस्पताल एक महिला मृत फेला


काठमाडौं ।

काठमाडौंको कुमारीगालमा रहेको समता अस्पतालमा एक महिला मृत फेला परेकी छन् । उनको शव झुण्डिएको अवस्थामा आज विहान फेला परेको हो ।

अस्पतालमा सरसफाइको काम गर्दै आएकी विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी बृत्त बौद्धका डिएस्पी नरेन्द्र चन्दले बताउनु भयो ।

उनको शव शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेकाले अहिले नै आत्महत्या वा हत्या के हो भन्ने यकिन हुन नसकेको प्रहरीको भनाई छ ।