काठमाडौं, भदौ ८ । नेपालमा आज २५ सय २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ पीसीआर र ४ हजार ९०१ एन्टीजेन गरि १४ हजार ८१० जनाको कोरोना परीक्षण भएको छ ।
अहिले सक्रिय संक्रमित ३८ हजार २५० जना छन् । आज काठमाडौं उपत्यकामा ६८९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५१८, ललितपुरमा ११९ र भक्तपुरमा ५२ जनालाई पोजेटिभ देखिएको हो ।













प्रतिक्रिया दिनुहोस्