काठमाडौं, भदौ ९ । नेपालमा आज २४८२ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षणमा १८६२ र एन्टिजेन परीक्षणमा ६३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताउनुभयो । पछिल्लो २४ घण्टामा ९७११ पीसीआर र ५५८० एन्टिजेन गरी १५ हजार २९० जनाको परीक्षण भएको थियो ।
त्यस्तै आज कोरोना संक्रमुक्त भएर डिस्चार्ज हुनेको संख्या १७८१ रहेको छ भने ४४ जनाको मृत्यु भएको छ । मृतकको संख्या भने आजको मात्रै नभएर नेपाली सेनाले केही दिनभित्र गरेको शव व्यवस्थापनका आधारमा आएको मृत्युको संख्या थपिँदा ४४ पुगेको बताइएको छ । प्रवक्ता पौडेलका अनुसार नेपालमा हालसम्म ८ लाख ३४ हजार ४५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसमा ७ लाख ३ हजार ९६४ कोरोनामुक्त भएका छन् भने हालसम्म १० हजार ६१२ को मृत्यु भएको छ । अहिले नेपालमा ३८ हजार २८७ सक्रिय संक्रमित रहेका छन् जसमा ३५ हजार २५० संक्रमित होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा ३०३७ जना रहेका छन् । आज काठमाडौं उपत्यकामा ७४५ जनालाई संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ७१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जनालाई पोजेटिभ देखिएको हो ।













प्रतिक्रिया दिनुहोस्