जनता टाइम्स

९ भाद्र २०७८, बुधबार १८:२८

अश्लील फोटो काण्डमा कांग्रेस नेतृ पक्राउ


काठमाडौं, भदौ ९ । अश्लील फोटो सामाजिक सञ्जालमा राखेर प्रचार गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले सोलुखुम्बु नेचासल्यान गाउँपालिका–१ घर भई कपन बस्ने ३६ वर्षीय इन्दिरा निरौलालाई बुधवार पक्राउ गरी साइबर ब्यूरो भोटाहिटीलाई बुझाएको हो ।

नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमिति सदस्यसमेत रहेकी निरौला उजुरी पश्चात फरार थिइन् । प्रहरीको खोजी सूचीमा रहेकी उनलाई ठाउँ बदल्दै भागी हिँड्ने क्रममा प्रहरीले कपनबाट पक्राउ गरेको हो । एक पीडित महिलाको चरित्र हत्या गर्ने उद्देश्यले व्यक्तिगत तस्वीरहरू साथै आपत्तिजनक म्यासेजलाई विभिन्न व्यक्तिको भाइबर, फेसबुक म्यासेन्जरलगायतका सामाजिक सञ्जालमा पठाएको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

निरौलालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार आजै काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप भई कार्वाही भइरहेको छ ।