काठमाडौं, भदौ १३ । नेपालमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोभिड–१९ को एन्टीबडी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २१ देखि साउन ३० गतेसम्म ५ महिनाभन्दा माथि उमेर–समुहका १३ हजार १६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्वेमा ६८ दशमलब ६ प्रतिशत कोभिड एन्टीबडी देखिएको हो। कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार खोप लगाएका सबैमा एन्डीबडी बनेको देखिएको छ । ‘एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूणर् मात्रा कोभिड खोप लगाएमा ९० प्रतिशत एन्डीबडी देखिएको छ’ उहाँले भन्नुभयो, ‘यसले हामीले लगाइरहेको कोभिड खोप प्रभावकारी रहेको देखिन्छ।’
उहाँले अझै पनि कोरोना महामारीको खतरा कायम रहेको र भाइरसले आफ्नो रुप परिपर्वत गरिरहेको भन्दै सर्तक हुन आग्रह गर्नुभयो । संक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रभावकारी उपाय भौतिक दूरी कायम, मास्क लगाउने, भीडभाड कम गर्ने र सरसफाईमा ध्यान दिन पनि आग्रह गर्नुभयो । मन्त्रालयले कोरोना संक्रमणसँग मिल्दोजुल्दो कुनै लक्षण देखिए आफ्नो स्थानीय तहसँग सम्पर्क गरेर निःशुल्क कोरोना परीक्षण गराउन समेत आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्