जनता टाइम्स

४ असार २०७६, बुधबार १२:१२

गुठी विधेयक फिर्ता भएपनि माइतीघरमा प्रर्दशन


काठमाडौं ।

सरकारले संसदमा प्रस्तुत गरिएको गुठी विधेयक फिर्ता लिएपनि प्रर्दशन जारी रहेको छ । गुठी विधेयक प्रतिरोध समितिले माइतीघर मण्डलामा विधेयकको प्रतिरोधका लागि भन्दै प्रदर्शन गरेको हो ।

यद्यपी उनिहरुले विधेयक फिर्ता लिनु सकारात्मक भएपनि खवरदारीका लागि कार्यक्रम गरेको बताएका छन् । नेपालको राष्ट्रिय झण्डा हातमा बोकेर नेवारी धुनको लयमा नाराबाजी गर्दै उनीहरु मण्डलामा जम्मा भएका हुन् ।