जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार १७:२७

आज नेपालमा थपिए १८९७ संक्रमित, २० जनाले गुमाए ज्यान


काठमाडौं, भदौ २१ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार ५१२ जनाको आइसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १,०७,२३२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १७ सय ४३ जना संक्रमणमुक्त भएका छन्। यो ९४.६ प्रतिशत हो । हाल सक्रिय संक्रमितको संख्या ३,०९७३ रहेको छ। यस्तै मन्त्रालयका अनुसार कोरोनाबाट निको हुनेको संख्या ७ लाख २८ हजार ९ सय २८ रहेको छ ।