जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १८:१३

आज नेपालमा थप ७३४ जनामा कोरोना संक्रमण, १४१३ जना डिस्चार्ज


काठमाडौं, असोज ३ । आज नेपालमा ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गत २४ घण्टामा १ हजार ४१३ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १२ जना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ३०४ जनाको पीसीआर बिधीबाट र २ हजार ७०९ जनाको एन्टीजेन बिधिबाट गरी कुल १० हजार १३ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ६५६ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ७८ जना गरी आज कुल ७३४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३९० र भेन्टीलेटरमा ११७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।