जनता टाइम्स

६ असार २०७६, शुक्रबार ११:१७

विप्लवका कोशी ब्युरो सदस्य पक्राउ


संखुवासभा ।

प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोशी ब्युरो सदस्यलाई पक्राउ गरेको छ । सदरमुकाम खाँदबारी–७ नयाँ बजार मोलपोत कार्यालय नजिकबाट पाँचखपन नगरपालिका–६ का बाबुराम किराती ‘विवश’लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

राई विप्लव नेतृत्वको राष्ट्रिय युवा जनस्वयम सेवकको केन्द्रीय अध्यक्ष तथा कोशी ब्यूरो सदस्य भए पनि पछिल्लो समय पार्टी प्रति असन्तुष्टि भएकाले निष्कृय भएर घर परिवार सँगै बस्दै आएको स्रोत भनाइ छ। पक्राउ परेका राईलाई कहाँ कुन अवस्थामा राखिएको छ भन्ने प्रहरीले खुलाउन चाहेको छैन।