जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार २०:२०

एक्सनमा उत्रियो अनेरास्ववियु : बलात्कार आरोपी राईलाई साधारण सदस्यबाट निलम्बन


काठमाडौं, कात्तिक १५

अनेरास्ववियूले बलात्कारको आरोप लागेका केन्द्रीय सदस्य इन्द्रहाङ राईमाथी कारवाही शुरु गरेको छ । अनेरास्ववियूले राईलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।

काठमाडौंको माकलबारीमा एक युवतीमाथि बलात्कारको आरोपमा राई पक्राउ परेपछि अनेरास्ववियुले शुक्रबार उनलाई कारवाही गरेको हो । साथैं दोषी जो कोही भएपनि कडाभन्दा कडा कारवाही गर्न माग समेत गरेको छ । शुक्रबार संयोजक ऐन महरले विज्ञप्ति जारी गरी राई संलग्न घटनाले अनेरास्ववियुको शिर झुकेको उल्लेख गर्नुभएको छ ।

‘अनेरास्ववियू यस्ता पाशविक कार्यमा संलग्न जो जस्तोसुकै ओहोदामा किन नहोस् कडा भन्दा कडा कारबाही होस् भन्ने चाहन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘हामी प्रहरी प्रशासनलाई दोषी उपर कडा भन्दा कडा कारबाही र पीडित युवतीलाई न्याय दिलाउन जोडदार माग गर्दछौं ।’

रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव समेत रहेका राई गत कात्तिक १२ गते देउसी खेल्न बोलाएर एक युवतिलाई बलात्कार गरेका थिए । प्रहरीले उनलाई १३ गते विहान पक्राउ गरेको थियो ।

राईपीडित किशोरीको पीडादायी बयान : साढे ३ घण्टासम्म झम्टिरह्यो, दुई पटक मुखमा लिंग छिराइदियो