जनता टाइम्स

२२ जेष्ठ २०७७, बिहीबार १३:४५

संविधान संशोधनका विषयमा दुई दिनपछि मुख खोले कांग्रेसका प्रवक्ता शर्माले


काठमाडौं, जेठ २२

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको प्रस्ताव राख्न पाउनु दल र व्यक्तिको स्वभाविक हक भएको बताउनु भएको छ । यद्यपी उहाले नक्साको पक्षमा एक ढिक्का मतदानले नै राष्ट्रिय एकता मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रवक्ता शर्माले गैरसरकारी संशोधन प्रस्तावमा कांग्रेस मध्यमार्गी रहने बताउनु भयो । बिहीबार उहाले ट्वीटमार्फत भन्नुभएको छ, ‘नक्साको पक्षमा एक ढिक्का मतदानले राष्ट्रिय एकता मजबुत हुनेछ। यसमा दायाँ–बायाँ र किन्तु–परन्तुलाई ठाउँ हुन्न । संशोधनका अन्य प्रस्ताव व्यक्ति या दलका स्वभाविक हक हुन् । कांग्रेस मध्यमार्गी थियो र रहन्छ ।’

कांग्रेसका सांसदले संविधान संशोधन प्रस्ताव गरेको दुई दिनपछि प्रवक्ता शर्माले देश र प्रदेशको फरक सिमालाई एउटै बास्केटमा राखेर नहेर्ने धारणा समेत राख्नु भएको छ ।

संसदमा संविधान संशोधनको फेसन : राष्ट्रियता कमजोर बनाउने खेलमा कांग्रेस सहभागी !