काठमाडौं, असार २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । वार्ता र सहमतिका लागि भन्दै शुक्रबार आजसम्मका लागि स्थगित गरिएको बैठक फेरि दुई दिन पर सारिएको हो ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफलमा कुनै सहमति नजुटेपछि थप छलफलका लागि बैठक स्थगित गरिएको नेकपाका नेताहरुले जनाएका छन ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा देखिएको गम्भीर विवाद अन्त्यका लागि भइरहेका छलफलको निरन्तरताका लागि बैठक २२ गतेसम्म स्थगित गरिएको जानकारी दिनुभयो । उहाँका अनुसारअध्यक्षद्वयबीच वार्ता र संवाद जारी राख्नका लागि भन्दै स्थायी कमिटी बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । नेकपामा अध्यक्ष ओलीबिरुद्ध गुटबन्दीलाई तीब्र बनाएपछि नेकपाको एकतामै गंभीर संकट देखिएको छ ।
अध्यक्ष प्रचण्डलाई अघि सारेर बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ जसरी पनि आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने, राष्ट्रपतिमाथि महाअभियोग लगाउने र आफू निकट रहेका नेतादेखि कार्यकर्तासम्म पार्टीबाट निकाल्ने जस्ता खेलमा लाग्नुभएको सूचना पाएपछि प्रधानमन्त्री ओली निकै गम्भीर बन्नुभएको छ । शुक्रवारको छलफलमा यही बिषयलाई लिएर अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई प्रष्ट बटमलाइन सुनाइसक्नु भएको छ ।
यो पनि हेर्नाेस
प्रतिक्रिया दिनुहोस्