जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार १७:३९

आफ्नै समर्थकको निसानामा रामकुमारी झाँक्री


काठमाडौं, साउन ६ । नेकपाकी नेतृ तथा अनेरास्वबियूकी पूर्वअध्यक्ष रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली रु जवजको बिषयमा दिनुभएको पछिल्लो अभिब्यक्तिलाई लिएर अनेरास्वबियूकै नेताहरु प्रतिवादमा उत्रिएका छन । यही क्रममा आरआर क्याम्पसका पूर्वस्वबियू सभापति राजकुमार राईले अतित राख्दै नेतृ झाँक्रीलाई कडा चुनौती दिनुभएको छ । जवज र प्रधानमन्त्रीबिरुद्धको अभिब्यक्तिपछि नेतृ झाँक्री अखिलको केन्द्रीय कमिटीमा रहेका र अनेरास्वबियूको बिरासत मानिने चर्चित क्याम्पसमा बिद्यार्थी आन्दोलनको नेतृत्व गर्ने नेताहरुको निसानामा पर्नुभएको हो ।

सामाजिक सञ्जालमा पछिल्लो २४ घण्टामा उहाँबिरुद्ध आपत्तिजनक गालीगलौजसमेत भएको छ । कतिपयले उहाँको बैचारिक धरातल र बिगतमा क्याम्पसमा स्वबियू चुनाव लडदा भएको पराजयको स्मरणसमेत गराएका छन । आरआर क्याम्पसका पूर्वस्वबियू सभापति राईले सांसद र केन्द्रीय सदस्यबाट राजीनामा माग्नुभएको छ ।

यस्तो छ झाँक्रीलाई राईको चुनौती

१. जवजको बिषयमा छलफल गर्न सकिन्छ । एक समय त्यही पार्टीले मार्गदर्शक सिद्धान्तको रुपमा महाधिवेशनले पास गरेको हो र त्यही पार्टीबाट केससम्म भएको र त्यही पार्टीले सिफारिश गरेर सांद भएको हैन ? किन फूर्ती ? हिम्मत भए जवज मान्ने फिलिमवाला पार्टीले बनाएकोबाट राजीनामा दिएर आऊ, तिम्रो हिम्मत हेरौं ।

२. मलाई राम्रोसँग थाहा छ, कुनै एक निर्वाचन जित्दैमा ऊ नेता हुन सक्दैन र पराजित हुने पनि नेता बन्न सक्छ । तर यतिवेला वैचारिक, सैद्धान्तिक र संघर्षको उपमा दिएर यो व्यवस्था ल्याउन उहाँहरूको मात्रै योगदान छ भनेर जुन रटान र स्तुतिगान गाइएको छ, त्यसको लागि विगत फर्किन म अनुरोध गर्दछु । त्यस्तो व्यक्ति पद्म कन्या बहुमुखी क्साम्पस बागबजार २०५५ सालको स्ववियु निर्वाचनमा ३३ वटा संगठन निर्वाचन लड्दा पहिलो हुनेले १४००, दोस्रो हुनेले ९०० र उहाँले १०४ मात्र कसरी ल्याउनु भयो ? त्यसैगरी २०५७ सालको निर्वाचनमा ३४ वटा संगठन लड्दा ३९७ मत ल्याएर सान्दार चौथो कसरी हुनुभयो ? जो क्याम्पसमा पढ्ने विध्यार्थी चेतनाको हिँसावले पनि उन्नत नै हुन्छ । हो, त्यसैले अहिले पाएको र लिएको पद थोरै व्यक्तिको र धेरै पार्टीको हिस्सा रहेको कुरा कसरी विर्सन सकेको हो भन्या ? हस्त धन्यवाद ।

यो पनि पढनोस

सेलिब्रेटी नेतृ रामकुमारी झाँक्रीको रामधुलाई