जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १४:०५

पिएस गोले बने सिक्किमका मुख्यमन्त्री : पूर्वमूख्यमन्त्री पवन चाम्लिङले गरे सपथ ग्रहण कार्यक्रम बहिस्कार


सिक्किम, जेठ १३

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का नेता प्रेमसिंह तामाङ (पिएस गोले) ले सिक्किमको छैठौं मुख्यमन्त्रीको कार्यभार सम्हाल्नुभएको छ । नियुक्त हुनुभएको छ । गोलेले आज बिहान १० बजे राज्यपाल गंगाप्रसादबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरी कार्यभार सम्हाल्नुभएको हो ।

सिक्किमको राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भव्य समारोहका बीच गोलेले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो । अध्यक्ष गोलेसहित मन्त्रिपरिषदका केही सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन् ।

गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले हालै सम्पन्न विधानसभा निर्वाचनमा तात्कालिन मुख्यमन्त्री डा पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ) को २५ वर्ष लामो शासन पल्टाएको थियो । चाम्लिङको २५ बर्षे साम्राज्य ढाल्न सफल गोले आफैं भने चुनाव लडन पाउनु भएको थिएन । तर चुनावमा उहाँको पार्टीले सिक्किममा ३२ विधानसभा सिटमध्ये १७ सिट जितेको छ । सन् २०१४ मा २२ सिट जितेको चाम्लिङको एसडिएफले यस पटक १५ सिट मात्रै जितेको छ । आफ्नो पार्टीको बहुमत आएसँगै गोले मुख्यमन्त्री बन्नुभएको हो । भारतमा विधानसभा सदस्य नभएको व्यक्ति पनि मुख्यमन्त्री बन्न पाउने व्यवस्था छ । त्यस्तो व्यक्ति ६ महिनाभित्र विधानसभा सदस्य भइसक्नुपर्छ ।

पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टबाट अलग भएर गोलेले सिक्किम क्रान्तिकारी मोर्चा गठन गर्नुभएको थियो । सो पार्टी छाडेलगत्तै गोलेमाथि चाम्लिङको पार्टीमा रहँदा भ्रष्टाचार गरेको आरोपमा सन् २०१६ मा एक वर्षसम्म जेल सजाय सुनाइएको थियो । सिक्किमका नागरिक चाम्लिङले नै इगो साँध्न सो आरोप लगाएर जेल पठाएको बताउँदै आएका छन । सोही निश्कर्षका आधारमा गोलेको पार्टीलाई बहुमत दिलाएका हुन ।

यता गोले मुख्यमन्त्री नियुक्त भएपछि भ्रष्टाचारी ठहर व्यक्ति मुख्यमन्त्री बनेको भन्दै चाम्लिङ नेतृत्वको पार्टीले सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको छ ।

यो समाचार पनि पढनोस

पवन चाम्लिङको साम्राज्य ढल्दा सिक्किममा दोहोरियो पुरानै कथा