काठमाडौं, असोज २५
अनशनरत डा. गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिमा हस्ताक्षर भएसँगै अनसन तोडेका छन् । केसीले आज बिहान १० बजेतिर आमरण अनशन अन्त्य गर्नुभएको हो । गएराति महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा डा केसी र सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले सहमतिमा हस्ताक्षर गर्नुभएको थियो ।
२८औ दिनमा अनशन तोड्ने क्रममा उहाले विकास नेपालीको हात बाट जुस पिउनु भएको हो । विकास नेपाली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सरसफाइ कर्मचारी हुन् । हालै उनी कोभिड १९ सङ्क्रमित भएर निको भएका बताइएको छ ।
सरकार र डाक्टर गोबिन्द केसीबीच आठ बुँदे सहमति : यसरी भयो केसीको ६ बुँदे माग पूरा (पूर्णपाठसहित)













प्रतिक्रिया दिनुहोस्