जनता टाइम्स

१४ असार २०७७, आईतवार १८:५५

प्रधानमन्त्री ओलीले यसकारण खोल्नुभयो सरकार ढाल्ने खेलको पोल : फ्याक्ट चेकले देखायो यस्तो तथ्य


काठमाडौं, असार १४

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सरकारबाट हटाउन विभिन्न क्रियाकलाप भईरहेको बताउनु भएको छ । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाले भन्नुभयो,‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधूप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ । नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ’

यद्यपी उहाले प्रधानमन्त्रीबाट हटाउने खेल भएपनि त्यसले राष्ट्रियता कमजोर नहुने जिकिर पनि गर्नुभएको छ । ‘नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने नेपालको राष्ट्रियता त्यति कमजोर छैन, तुरुन्तै मलाई हटाउन सकियोस् । कसैले नसोचे हुन्छ । कसैले हतारो नगरे पनि पनि हुन्छ’, उहाले स्पष्ट सन्देश दिनुभयो ।

नेपाली राजनीतिमा यो विषयले अहिले अलिक तरंग ल्याएको छ । कतिपयले ओलीले आफुलाई बचाउनका लागि यो अस्त्र फालेको भन्ने पनि गरेका छन् । तर, के आधारमा प्रधानमन्त्री ओलीले यसो भन्नु भयो त ? यसका केही आधार छन् । जसले नेपाली सार्वभौमसत्तामाथी धावा बोल्न थालेको प्रष्ट हुन्छ । जुन सन्देश भारतीय सञ्चारमाध्यमले स्पष्ट सबैले बुझ्ने रुपमा दिएका छन् ।

सबैभन्दा पहिला कोरोना कहरकै बीच निस्केको युवाहरुको धर्नाबाट शुरु भएको छ । पिसिआर टेष्ट बढाउनुपर्ने, कोरोनाका बेलाको हिसाब किताव सार्वजनिक गर्नुपर्ने माग गर्दै देशका विभिन्न शहरमा प्रर्दशन भयो । जसलाई भारतका सञ्चारमाध्यमले सरकारविरुद्ध प्रयोग गरे । जसको प्रमाण यस तस्विरले बोल्छ ।

यो शुरुवातमात्र थियो । यस्ता तस्विर अरु पनि छन् । त्यस क्रममा भारतबाट प्रभाव राख्ने व्यक्तिहरु राजधानीको म्यारिट होटलमा समेत आएर बसे । त्यहा उनिहरुले सरकारका विरुद्ध कसरी जनतालाई सडकमा उतार्ने भनेर योजना बनाए । योजना अनुसार नै युवाको आन्दोलनमा घुसपैठ गर्दै विस्तारै त्यसलाई ओलीलाई प्रधानमन्त्रीबाट हटाउने योजनातर्फ अग्रसर गर्न खोजे । तर त्यसले फेल खायो । यसबीचमा चलखेल भईरहेको छ । जुन केही दिनभित्र पुन प्रकट हुदैछ ।

भारतीय सरकार समर्थित अखबार हिन्दुस्तान टाइम्सले जेठ ३२ गतेको संस्करणमा त नेपालले भारतसँग वार्तामा नै बस्न अस्विकार गरेको झुठो समाचार नै प्रकाशन गर्यो । जुन यस्तो छ ।

सडकबाट मान्छे उर्तान नसकेपछि अहिले अर्को हत्कण्ठा मच्चाउन खोजिदैछ । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अन्य सबै दललाई एकजुट बनाएर हुदैन । त्यसका लागि नेकपाभित्र फुट ल्याउनुपर्ने हुन्छ । किनकी नेकपाकै संसदमा स्पष्ट दुई तिहाइको करिब छ । त्यसैले त्यो शक्तिले अब नेकपा भित्र खेल्न खोज्दैछ । जसको स्पष्ट सन्देश यो समाचारले दिएको छ ।

भारतीय सञ्चारमाध्यम आजतकले नेकपाको स्थायी कमिटी बैठक शुरु भएको दिनको समाचारलाई यसरी प्रस्तुत गर्यो । जुन कुरा बैठकमा भएकै थिएन । नेपालीमा भ्रम फैलाउने उदेश्य र सरकारलाई हटाउने उदेश्यले यो समाचार प्रायोजित रुपमा आयो ।

प्रधानमन्त्री ओलीलाई हटाउन कि त नेकपा विभाजन गर्नुपर्ने हुन्छ कि बैधानिक रुपमा उहालाई संसदीय दलमा अल्पमतमा पारेर राजिनामा गराउने वा बहुमतको खेल खेल्नुपर्ने हुन्छ । जुन तत्काल असम्भव छ । तर, पनि केही शक्ति लागि रहेको छ । जसको परिणाम आउँदा दिनहरुमा देखिएला ।

त्यत्तिमात्र होइन । सरकारलाई अप्ठेरोमा पार्न चीनसँग हुदै नभएको सीमा विवाद समेत झिकियो । नेपालकै प्रतिष्ठित सञ्चारमाध्यम भनेर आफुले आफुलाई प्रचार गर्ने संस्था नै यसको शिकार बन्यो । जसले समाचार छापेको एक दिनपछि नै क्षमायचना माग्नुपर्यो ।

यी पनि पढ्नुहोस्

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भारतले दबाव दिईरहेको भारतीय सञ्चारमाध्यमको खुलासा

…त्यसैले केपी ओलीलाई काम गर्न दिऔं

प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने आधारहरु केलाउँदा