जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार ०८:०८

निवर्तमान सभामुख महराबिरुद्धको थुनछेक बहश आज : जेल जाने कि छुटने यस्तो छ संभावना


काठमाडौं,कात्तिक १७ । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध आज थुनछेक बहस हुनेभएको छ । शुक्रवार जिल्ल अदालतको बन्द इजलाशमा महराको बयान सकिएकोले आज थुनछेक बहश हुन लागेको हो ।

बहसमा नेपाल सरकार पक्षबाट सरकारी वकिल र प्रतिवादीका तर्फबाट महराका कानुन व्यवसायीले आ–आफ्नो पक्षमा बहस गर्नेछन् । त्यही बहस, प्रमाणलगायतका आधारमा इजलासले थुनछेकको फैसला लिनेछ । अदालतमाआज महरालाई पूर्पक्षका लागि थुनामा राख्ने वा तारेखमा रिहा गर्ने भन्ने सम्बन्धी बहस हुनेछ ।इजलासले पुर्पक्षमा राख्ने निर्णय लिए महराले कैद भुक्तान गर्नुपर्दछ भने धरौटी खोले वा साधारण तारेखमा छोडे रिहा हुनेछन् ।

यो पनि पढनोस

यसो गरे जेल जानबाट बच्न सक्छन महरा

महराविरुद्ध अभियोजनकर्ता जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको अभियोगपत्र दर्ता गरेसँगै यस विषयले अदालतमा प्रवेश पाइसकेको छ । महराविरुद्ध पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग लिइएको छ ।

यो पनि पढनोस

हिरासतमा रहे पनि अभियुक्त जस्तो देखिएनन बलात्कार आरोपी महरा, प्रहरीलाई नै थमाइ दिए उल्टै पत्र

आरोपबाट उन्मुक्ति पाउन महराले आफ्नो तर्फबाट प्रमाण समाप्त पार्ने सकेसम्मको सवै प्रयाश अपनाएका छन । महराले आफूमाथि लागेको अभियोग प्रमाणित नहोस भन्ने हेतु डिएनए परीक्षण, पोलिग्राफ परिक्षण अस्वीकार देखि मोवाइल फोनसमेत प्रहरीलाई दिएका छैनन । अदालतको बन्द इजलाशमा बयान पनि इन्कारी दिएका छन ।